गोरखा २८, कात्तिक । गोरखामा नेपाली सेनाको ट्रक आज दुर्घटनाग्रस्त भएको छ । भच्चेकमा तालिमको बन्दोबस्तीका समान पुर्याएर फर्कने क्रममा नेपाली सेनाको रिपुमर्दन गणको ट्रक सिरानचोक गाउँपालिका–५ स्थित भालुमारा सडकबाट ३० मिटर तल खसेको हो ।
बिहान करिब १०: ३० बजेको समयमा नेपाली सेनाको लु १ त १३९ नम्बरको ट्रक दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख प्रेमप्रसाद पोखरेलले जानकारी दिनुभयो । सेनाका बन्दोबस्ती सामान पुर्याएको भच्चेकबाट फर्कदै गरेका दुर्घटनामा परेको उहाँले बताउनुभयो । ट्रक सडकबाट झण्डै ३ सय मिटर तल खसेको छ ।
ट्रकको ब्रेक फेल भएपनि चालक भने हाम्फालेर ज्यान बचाउन सफल भएको ट्राफिक प्रहरीको भनाई छ । ट्रक भित्र अरु कोही पनि नभएकाले मानविय क्षति भने नभएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जनाएको छ ।