कैलाली २४,कात्तिक । चक्कुले हानेर गएराती एक युवकको हत्याु भएको छ । कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका १ बस्ने भुपेन्द्र बडुवालको मंगलबार राति करिब ९ बजे चक्कु प्रहारबाट हत्या भएको प्रहरीले जनाएको छ ।
हत्या भएको स्थलबाट प्रहरीले मृतकको मोटरसाईकल र एक थान स्कुटी समेत बरामद गरेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिनुभयो ।
चक्कु प्रहार गर्ने व्यक्ति फरार रहेकाले उनको पहिचान गरि खोजी भइरहेको जनाइएको छ । घटनामा संलग्न भएको आशंकामा केही व्यक्तिहरुलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको प्रहरीको भनाई छ ।