Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखामा मासु लिएर फर्कदै गरेका एक पुरुषको ट्याक्टरबाट खसेर मृत्यु


22.9K
Shares

गोरखामा मासु लिएर फर्कदै गरेका एक पुरुषको ट्याक्टरबाट खसेर मृत्यु

गोरखा, १७ कात्तिक : गोरखामा आज साँझ ट्याक्टरबाट खसेर एक व्यक्तिको मृत्यु भएको छ । जिल्लाको गण्डकी गाउँपालिका वडा नम्बर ३ स्थित फुजेल तिवारी गाँउमा ट्याक्टरबाट खसेर सोही ठाउँका ५५ बर्षका प्रेमप्रसाद देवकोटाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख प्रेमप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

आमडाँडाबाट बेनीघाट तर्फ जाँदै गरेको ग १ त ४५८८ नम्बरको ट्याक्टरबाट खसेर देवकोटाको मृत्यु भएको उहाँले बताउनुभयो । एक्कासी ट्याक्टरबाट खसेका देवकोटाको टाउकोमा चक्काले किचेपछि घटनास्थलमै मृत्यु भएको प्रमुख पोखरेलले जानकारी दिनुभयो ।

तिहारका लागी मासु लिएर ट्याक्टर चढेर घर तर्फ फर्कदै गर्दा देवकोटा दुर्घटनामा पर्नुभएको हो । घटनालगत्तै ट्याक्टरका चालक ट्याक्टर छाडेर फरार भएका प्रहरीको भनाई छ । फरार चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology