गोरखा १७,कात्तिक । नेकपा माओबादी केन्द्रको भातृसंगठन योङ क्युनिष्ट लिग (वाईसिएल) को गोरखा जिल्ला इन्चार्ज र अध्यक्षको तोकिएको छ ।
वाइसिएल केन्द्रीय समितिले देशभरका ७७ वटै जिल्लाको इन्चार्ज र अध्यक्षको जिम्मेवारी तोक्ने क्रममा गोरखाका इन्चार्ज र अध्यक्षको पनि जिम्मेवारी तोकिएको हो ।
जस अन्र्तगत गोरखामा संगठनका युवा नेता गुणराज खनालले इन्चार्जको जिम्मेवारी पाउनु भएको छ भने र वाइसिएल जिल्ला अध्यक्षमा असोक शर्मा भट्टलाई जिम्मेवारी दिएको हो ।