Nagarik Sawal

२०८३ कार्तिक २८ शुक्रबार

२०८३ कार्तिक २८ शुक्रबार

घरको ढोकाले चेपिएर बालकको मृत्यु


3.9K
Shares

घरको ढोकाले चेपिएर बालकको मृत्यु

महोत्तरी १६,कात्तिक । घरको ढोकाले चेपिएर एक बालकको मृत्यु भएको छ । महोत्तरी मटिहानी नगरपालिका १, का प्रवोध साहका ९ वर्षीय छोराको ढोकामा च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

आमाले घर सरसफाई गरिरहेका बेला बालकको घाँटी ढोकामा च्यापिएको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिनुभयो । घाँटी अड्केपछि घाइते भएका बालकलाई उपचारको लागि जिल्ला अस्पताल जलेश्वर लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक विष्टले जानकारी दिनुभयो ।

बालकको शव आज नै पोष्टमार्टम गरि परिवारलाई अन्येष्टीका लागि बुझाइएको प्रहरीेले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology