Nagarik Sawal

२०८३ कार्तिक २८ शुक्रबार

२०८३ कार्तिक २८ शुक्रबार

गुडिरहेको ट्रक अनियन्त्रित भएर सडकबाट खस्यो : चालकको मुत्यु


45.3K
Shares

गुडिरहेको ट्रक अनियन्त्रित भएर सडकबाट खस्यो : चालकको मुत्यु

तेह्रथुम, १६ कात्तिक । गुडिरहेको ट्रक अनियन्त्रित भएर सडकबाट १ सय मिटर तल खस्दा चालकको मृत्यु भएको छ । जिल्लाको फेदाप गाउँपालिका वडा २ भित्री सडक खण्डमा गएराती करिब साढे १ बजेको समयमा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ ।

औंसीडाँडाबाट सदरमकुकाम म्याङलुङ जाँदै गरेको बागमती प्रदेश ०१ .००६ ख २७७० नम्बरको ट्रक आफैं अनियन्त्रित भई सडकबाट अन्दाजी १०० मिटर तल खसेर दुर्घटना भएको हो।

मुत्यु हुनेमा चालक काभ्रेपलान्चोकका २७ वर्षीय रोहित अधिकारी भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ट्रकका सहचालक २४ वर्षीय सुदीप राई घाइते हुनुभएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology