Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

रेडक्रस गोरखाले गर्यो सरोकारवालासंग छलफल : यस्तो यो बर्षको कार्यक्रम !


1.9K
Shares

रेडक्रस गोरखाले गर्यो सरोकारवालासंग छलफल : यस्तो यो बर्षको कार्यक्रम !

गोरखा १५, कात्तिक । नेपाल रेडक्रस सोसाइटी जिल्ला कार्यसमिति गोरखाले आइतबार बिपत तथा कोभिड १९ कार्यक्रम सम्बन्धी सरोकारवालाहरु संग छलफल गरेको छ । सदरमुकाममा भएको छलफल कार्यक्रममा जिल्ला भित्रका बिभिन्न स्थानीय तहका प्रतिनिधि तथा सरोकारवालाहरुको सहभागिता रहेको रेडक्रस गोरखाका सुवास घिमिरे जानकारी दिनुभयो ।

छलफलमा सहभागीहरुलाई रेडक्रस गोरखाले आर्थिक बर्ष २०७७/०७८ मा गरेका विपतमा गरेको गतिबिधिहरुको बारेमा जानकारी गराएको उहाँले बताउनुभयो । ‘चालु आर्थिक बर्षमा रेडक्रसले गर्ने कार्यक्रम तथा योजनाका बारेमा पनि सरोकारवालाहरुसंग छलफल भएको छ, घिमिरेले भन्नुभयो, कोभिड रेडक्रसले खेलेको भूमिका बिषयमा समेत सहभागीहरुलाई कार्यक्रम मार्फत जानकारी प्रदान गरिएको छ ।’

कोरोना संक्रमणका बेला अपंगता भएका कोभिडका बिरामीलाई निशुल्क उपचारका लागि ल्याउने, पु¥याउने काम गरेको रेडक्रसले जनाएको छ । चालु आर्थिक बर्षमा समेत रेडक्रस कोभिड १९ सम्बन्धी कार्यक्रमहरु सञ्चालन गर्ने उहाँले बताउनुभयो । चालु आर्थिक बर्षमा रेडक्रसले मूख्य गरि कोभिड बिरुद्ध सचेतनामूलक कार्यक्रम, आइसोलेसन निर्माणमा सहयोग, स्वास्थ्य सामग्री बितरण लगायतका कार्यक्रम गर्ने घिमिरेको भनाई छ । त्यस्तै कोभिड संक्रमित बिरामीहरुको घरघरमा पुगेर सहयोग गर्ने कार्यक्रम समेत रेडक्रसले सञ्चालन गर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा सहभागीहरुलाई स्वास्थ्य शाखा गोरखाका नारायण अर्यालले जिल्लामा कोरोनाको अबस्थाबारे जानकारी समेत प्रदान गर्नुभएको थियो । कार्यक्रम नेपाली काग्रेसका सुकदेव तामाङ, नेकपा एकिकृत समाजबादीका गोरखाका अध्यक्ष यादव बस्नेत लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम रेडक्रस गोरखाका सभापति भगवानबाबु मास्केको अध्यक्षतामा सम्पन्न भएको हो । धार्चे गाउँपालिकाकी उपप्रमुख फुृलमाया गुरुङ, बारपाक सुलिकोट गाउँपालिकाकी उपप्रमुख सनमाया गुरुङ, गोरखा नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख इश्वर रेग्मी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology