मोरङ ११, कात्तिक । प्रहरीले स्रोत नखुलेको ८ लाख २० हजार नेपाली रुपैयाँसहित एक युवकलाई पक्राउ गरेको छ । बिराटनगर महानगरपालिका वडा नम्बर (१८ भेडियारी स्थित अस्थायी प्रहरी पोष्ट भेडियारीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको को २९ प ८६४० नम्बर को स्कुटर चेकजाँचको क्रममा पक्राउ युवकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका ३का ३४ वर्षीय उमेश साह रहेका रहनुभएको छ । पक्राउ परेका उनीहरुलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान क्षेत्रीय कार्यालय ईटहरी सुनसरीमा बुझाईएको जनाइएको छ ।