Nagarik Sawal

२०८३ कार्तिक २८ शुक्रबार

२०८३ कार्तिक २८ शुक्रबार

नेकपा एमाले गोरखाको १० पालिकामा अध्यक्ष को–को भए (यो हेर्नुहोस)


8.4K
Shares

नेकपा एमाले गोरखाको १० पालिकामा अध्यक्ष को–को भए (यो हेर्नुहोस)

गोरखा ९, कात्तिक ।  नेकपा एमाले गोरखाले जिल्ला भरका पालिकाहरुमा आज अधिबेशन सम्पन्न गरेको छ । पार्टीको १० औं राष्ट्रिय महाधिबेशनको तयारीमा जुटेको नेकपा एमालेले गोरखा चुमनुव्री गाउँपालिका बाहेका सवै पालिकाहरुमा अधिबेशन सम्पन्न गरेको पार्टी सम्झना देवकोटाले जानकारी दिनुभयो ।

अधिबेशनबाट गोरखा नगरपालिकाको अध्यक्ष देवीबहादुर बस्नेत चुनिनु भएको छ । त्यस्तै अजिरकोट गाउँपालिका अध्यक्षमा लिलाबहादुर सुनार,  धार्चे गाउँपालिका अध्यक्षमा वुद्धि वहादुर गुरुङ, भीमसेन थापा गाउँपालिका अध्यक्षमा सुजन सिंखडा र सिरानचोक गाउँपालिका अध्यक्षमा बिराज गुरुङ चयन हुनभएको छ ।

त्यस्तै पालुङटार नगरपालिकामा भएको अधिबेशनले बसन्तकुमार श्रेष्ठ नगरपार्टी कमिटि अध्यक्षमा चयन भएको उहाँले बताउनुभयो । गण्डकी गाउँपालिकाको अध्यक्षमा बिष्णु पन्त चयन हुनुभएको छ भने सहिद लखन गाउँपालिका र आरुघाट गाउँपालिकाको अध्यक्ष चयन हुन भने बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology