Nagarik Sawal

२०८३ कार्तिक २८ शुक्रबार

२०८३ कार्तिक २८ शुक्रबार

लागू औषध सहित वडाध्यक्षलाई प्रहरीले गर्यो पक्राउ


3.3K
Shares

लागू औषध सहित वडाध्यक्षलाई प्रहरीले गर्यो पक्राउ

काठमाण्डौं ९,कात्तिक । प्रहरीले अबैध लागू औषध सहित वडाध्यक्षलाई नै पक्राउ गरेको छ । सिराहा नगरपालिका –१८ का निर्बाचित वडाअध्यक्ष रामसोगारथ यादव लागु औषधसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ । पक्राउ परेका वडाध्यक्ष यादव एमालेबाट निर्बाचित वडा अध्यक्ष हुन् ।

स.१ब ९३८ नम्बरको सरकारी नम्बर प्लेट भएको मोटरसाइकलमा सवार यादव भारतबाट नेपाल प्रवेश गदै गर्दा लागू औषध सहित समातिएका थिए । १५ वटा नाइट्रोभेट ट्याबलेट सहित पक्राउ परेका यादवका बारेमा सिराहाका प्रहरी प्रवक्ता सुवास बुढाथोकीले जानकारी दिनुभयो । यादव माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology