मुगु ९, कात्तिक । घर भित्र लुकाए राखेको भरुवा बन्दुक खेलाउद एक बालकको ज्यान गएको छ । मुगुको खत्याड गाँउपालिका—१० डुमाना गाँउका अमरसिंह रावलका १० वर्षिया छोरा विकास रावलको भरुवा बन्दुक खेलाउदा फड्केर ज्यान गएको हो । घटना यही कार्तिक ५ गते ज्यान गएको बताइएको छ ।
घरआँगनको बारीमा रोपेको आलु, मकैहरू दुम्सीले सखाप बनाउन थालेपछि दुम्सी मार्नका लागि भरेर तयारीमा राखेको बन्दुक बच्चाले खेलाउन पुगेको हो । घरमा कोही नभएका बेला बन्दुक धनी परे रावलका ८ वर्षीय छोरा तिर्थ रावल, सोही वडाका बिरमान रोकायाका ११ वर्षीय छोरा गोर्ख रोकाया समेतले बन्दूक खेलाउन खोज्दा पड्केर विकासको ज्यान गएको खत्याड गाँउपालिका—१० का वडा अध्यक्ष तिलक रावलले बताउनुभयो ।
घटनाको जानकारी लगत्तै प्रहरी घटनास्थल पुगेको शवको मुचुल्का उठाएर घटनाको अनुसन्धान अघि बढाएको छ । अवैध भरुवा बन्दुक राखेको आरोपमा प्रहरीले बन्दुकधनी परे रावललाई हतियारसहित नियन्त्रणमा लिएको छ । रावललाई अवैध हातहतियार खरखजनासम्बन्धी मुद्दामा अनुिन्धान भइरहेको छ ।