इलाम ९, कात्तिक । झारफुकको बाहानामा एक पुरुषले आफ्नै श्रीमती र छोरीको हत्या गरेको छ । इलाम देउमाई नगरपालिकाका पूर्णचन्द्र तामाङले श्रीमती र छोरीको हत्या गरेका छन् ।
देउमाई नगरपालिका–५ का ३४ वर्षका तामाङले ३५ वर्षकी श्रीमती सीता र १५ वर्षीया छोरी दीक्षा तामाङको हत्या गरेको प्रहरीले जनाएको छ । उनले श्रीमती, छोरी र घरपालुवा कुकुरसमेत मारेको आरोप छ। गएराति उनले श्रीमती, छोरी र कुकुरको हत्या गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगाबहादुर थापाले घटनास्थलतर्फ प्रहरी गइरहेको जानकारी दिनुभयो । दुई जनाको हत्या भएको जानकारी आएको उहाँले बताउनुभयो । ‘प्रहरी घटनास्थल पुगेपछि थप जानकारी आउँछ’, उहाँले भन्नुभयो, घटनास्थल प्रहरी कार्यालयबाट झन्डै ८ किलोमिटर टाढा पर्छ।