Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखामा २७ जना यात्रु बोकेको बस टङ्के भीरमा खस्नबाट जोगियो : टर्यो ठूलो दुर्घटना


30.7K
Shares

गोरखामा २७ जना यात्रु बोकेको बस टङ्के भीरमा खस्नबाट जोगियो : टर्यो ठूलो दुर्घटना

गोरखा ८, कात्तिक । गोरखामा आज बिहान यात्रुबहाक बस ठूलो दुर्घटनाबाट जोगिएको छ । आँबुखैरेनीबाट मनकामना तर्फ जाँदै गरेको यात्रु बस सहिद लखन गाउँपालिका वडा नम्बर ३ स्थित टङ्के भीरमा सडकबाट खस्न बाट जोगिएको हो ।

रामशाहघाट मनकामना सडकखण्डमा ललितपुरको लुबुबाट मनकामना मन्दिर दर्शनका लागि दर्शनार्थी लिएर आएको बा ३ ख ४९० नम्बरको उक्त बसको पछाडीको टायरले सडक चेप्दा उकासेको जमिन भासिएपछि बस दुर्घटनाको अबस्थामा पुगेको थियो । साधुरो सडकमा बसले छेउ चेप्न पुग्दा बसको पछाडीको टायर सडको छेउमा पसेको प्रत्यक्षदर्शीको भनाई छ  ।

घटना लगत्तै उद्धारमा पुगेको संसस्त्र प्रहरीको टोलीले घटनास्थलमा पुगेर जेसिवी लगायर फसेको बसलाई उद्धार गरिएको एक स्थानीयले जानकारी दिए । ‘ठूलो बस नजाने ठाँउमा ठूलो बस गइहाल्यो, ति स्थानीयले, बाटो सांघुरो पर्यो त्यसपछि गाडी छेउमा फस्यो ।’ बिहान करिब ८ बजेको समयमा घटना भएको हो। । बसमा २७ जना यात्रु सवार थिए । बसमा रहेका सवै यात्रु लगत्तै बसबाट ओर्लिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology