काठमाण्डौं ७, कात्तिक । यात्रुबाहाक जीप दुर्घटनामा ९ जना घाइते भएका छन् । डोल्पाको दुनै बजारबाट त्रिपुरासुन्दरी नगरपालिका–१ सुपाने जाँदै गरेको भे १ ज ९७५ नम्बरको जीप ठूलीभेरी नगरपालिका–९ भित्ती भन्ने ठाउँमा आज अपरान्ह्र करिब ४ः १५ बजे दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी जीपका चालक डोल्पाको ठूलीभेरी नगरपालिका–९ का २० वर्षीय जुकोष शाही पनि घाईते भएका छन् । घाईतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ। स्टेयरिङ फेल हुँदा जिप सडकबाट १५ मिटर तल खसेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।