गोरखा ७, कात्तिक । पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छाकामना ४ केबुलकार नजिकै आज बिहान ट्याक्टर दुर्घटनामा परेको छ । । इच्छाकामना गाउँपालिकाको फोहोर बोक्ने ट्याक्टर बिहान करिब ४:४७ बजे सडकबाट तल खसेको हो ।
दुघर्टनाग्रस्त टयाक्टरका चालकको अबस्था अहिलेसम्म अज्ञात रहेको प्रहरीले जनाएको छ । दुर्घटना बारे अनुसन्धान भैरहेको प्रहरिले जनाएको छ ।
उक्त ट्याक्टरले बिजुलीको तार छिनाएका कारण अहिले इच्छाकामनाको केबुलकार, लेवाटार, कुरिनटार, चुम्लिङ्टार, फिस्लिङ र आसपासका क्षेत्रहरुमा विद्युत सेवा अवरुद्ध भएको पत्रकार दानबहादुुर गुरुडले जानकारी दिनुभयो ।