गोरखा ६, कात्तिक । गोरखाको भीमसेन थापा गाउँपालिका–७ बोर्लाङका मृगौला पिडित निशान श्रेष्ठ (गणेश) को उपचारका लागि नव इन्द्रेणी बुङकोट युवा क्लबले आर्थिक सहयोग प्रदान गरेको छ । सहीद लखन गाउँपालिका वडा नम्बर ८ रहेको उक्त क्लवले आज एक कार्यक्रमका बिच संकलित ३४ हजार ५४० रुपैया सहयोग प्रदान गरेको हो ।
क्लवका अध्यक्ष राजेश श्रेष्ठले श्रेष्ठको उपचारमा आर्थिक संकलनमा जुटेका अभियान्ताद्वय नवीन श्रेष्ठ र वीरेन्द्र श्रेष्ठलाई सहयोग रकम हस्तान्तरण गनुएभएको हो । २४ वर्षीय श्रेष्ठ केहि वर्षदेखि दुवै मृगौला फेल भई डाइलेसिस गर्दै आउनु भएको छ । उहाँको अहिले हेटौँडास्थित मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डाइलासिश गराई रहनु भएको छ ।
अर्थिक सहयोग कार्यक्रममा सहीदलखन गाउँपालिका ८ का वडाअध्यक्ष काशिनाथ अम्गाई, वडा नम्बर ७ का वडाअध्यक्ष शरण श्रेष्ठ र क्लवका संरक्षक पूर्णकुमार श्रेष्ठको पनि सहभागी हुनुभएको थियो । मृगौला पिडित श्रेष्ठको उपचारमा सहयोग पु¥याउने उद्देस्यले क्लबले आर्थिक सहयोग संकलन गरेको थियो ।