गोरखा ५, कात्तिक । गोरखा नगरपालिकाकी एक महिलाको शव आज फेला परेको छ । नगरपालिकाको वडा नम्बर २ की ४० बर्षकी शान्ता थापामगरको शव किर्तिपुर स्थित बल्खु खोलामा फेला परेको प्रहरीले जनाएको छ ।
कीर्तिपुर र चन्द्रागिरिको बीचमा रहेको खोलामा झोलुंगे पुल नजिकै थापा मगरको शव फेला परेको हो । शान्ता हाल कीर्तिपुर बस्दै आएको खुलेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी रमेश बस्नेतले जानकारी दिनुभयो ।
मृतकको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाएको एसपी बस्नेतले बताउनुभयो ।