गोरखा ३ कात्तिक । नेपाल बिद्युत प्राधिकरण गोरखा बितरण केन्द्रको सवस्टेशनमा रहेको नयाँ बजार फिडरको ब्रेकरमा समस्या आउदा जिल्ला भित्र बिद्युत आपूर्तिमा समस्या भएको छ । पछिल्लो केही महिनादेखि बिद्युत आउने जाने समस्या बढी हुनुमा नयाँ बजार फिडरको ब्रेकरमा समस्या आउनु मुख्य कारण रहेको प्राधिकरण गोरखा बितरण केन्द्रका प्रमुख नेत्रमणी न्यौपानेले जानकारी दिनुभयो ।
नयाँ बजार फिडरको ब्रेकरमा समस्या आएकाले नयाँ बजार फिडरको ब्रेकर समेत खोप्लाङ फिडरबाट जडान गरी बिद्युत बितरण गर्नुपर्ने बाध्यता प्राधिकरणको रहेको उहाँले बताउनुभयो । ‘ब्रेकर बिना सुरक्षा जोखिम हुने भएकाले बिद्युत बितरण गर्न सक्ने अबस्था रहदैन, प्रमुख न्यौपानले भन्नुभयो, ग्रामिण क्षेत्रको एक ठाउँमा बिद्युत प्रशारणमा समस्या आउदा बजार क्षेत्रमा समेत बिद्युत कटौती गरेर मर्मत गर्नुपर्ने बाध्यता अहिले रहेको छ ।’
बर्षा र हावाहुरीका कारण ग्रामिण क्षेत्रको कुनै स्थानमा बिद्युतको तार छिन्ने, पोल ढल्ने अबस्था आए बजार क्षेत्रको समेत बिद्यूत कटौती गरेर मर्मत गर्नुपर्र्ने अबस्था रहेकाले बजार क्षेत्रमा समेत बिद्युत आउने जाने समस्या बढी भएको उहाँले बताउनुभयो । बिग्रिएको ब्रेकर मर्मतका लागि प्रयास गरिएको भएपनि प्राबिधिकको नआएका कारण ढिलाई भएको प्रमुख न्यौपानेको भनाई छ । ‘ब्रेकर मर्मतका लागि प्राधिकरणसंग समेत थोरै मात्र जनशक्ति छ, उहाँले भन्नुभयो, भनेको समयमा प्राबिधिक आउन सक्ने अबस्था समेत छैन ।’
उहाँले नयाँ ब्रेकर खरिदका लागि समेत केन्द्रले प्रक्रिया सञ्चालन गर्नुपर्ने र टेण्डर प्रक्रियामा जादाँ कम्तिमा ५ महिनासम्म लाग्ने अबस्था रहेको उहाँले बताउनुभयो । त्यस बाहेक खोप्लाङ फिडर र महेन्द्र ज्वोती फिडरको दुरी लामो भएकाले कुनै ठाउँमा समस्या आए धेरै क्षेत्रमा बिद्युत अबरुद्ध हुने गरेको प्रमुख न्यौपानलेको भनाई छ । बिद्युत आउने जाने समस्याबाट गोरखा जिल्ला भित्रका नागरिकहरुले हैरानी खेप्दै आएका छन् ।