Nagarik Sawal

२०८३ कार्तिक २८ शुक्रबार

२०८३ कार्तिक २८ शुक्रबार

बुबालाई खुकुरी हानेर छोरा फरार


4.6K
Shares

बुबालाई खुकुरी हानेर छोरा फरार

गुल्मी २, कात्तिक । आफ्नै बाबुलाई खुकरी प्रहार गरी छोरा फरार भएका छन् । गुल्मीको धुर्कोट गाउँपालिका ४ जैसिथोक रातापोखराका ५५ बर्षीय हरि बहादुर घर्ती मगरलाई छोरा २९ बर्षीय राजेन्द्र घर्ती मगरले खुकुरी प्रहार गरेर भागेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरिक्षक गोपाल चन्द्र भट्टराइले जानकारी दिनुभयो ।

खुकुरी प्रहारबाट हरि बहादुरको टाउकोमा चोट लागेको छ । घाइते हरिबहादुरको गुल्मी अस्पतालमा उपचार भइरहेको छ । सामान्य घरायसी झगडाको कारण छोरोले खुकुरी प्रहार गरी घाईते बनाएर भागेको प्रहरीले जनाएको छ । फरार अभियुक्तको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology