धनगढी २९, असोज । प्रधानमन्त्री शेरबहादुर देउवाको भाइको घर आज दिउँसै चोरी भएको छ । धनगढी उपमहानगरपालिका–२ सन्तोशी टोलका भरतबहादुर देउवाको घरमा शुक्रबार दिउँसो चोरी भएको हो।
दसैंको टीका लगाउन आफन्तकोमा गएका बेला सुनका गरगहना र नगद चोरी भएको हो। घरमा चोरी भएको खबर पाउने बित्तिकै प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।