गोरखा २३, असोज । गोरखाको धार्चे गाउँपालिका स्थित केरौजाबेसीका ८७ घर परिवारलाई सोलार र चुल्हो बितरण गरिएको छ । लद्यु जलबिद्युत आयोजना समेत नपुगेको त्यस क्षेत्रका स्थानीयबासीहरुलाई शसर्त अनुदान कार्यक्रम अन्र्तगत सोलार र चुल्हो बितरण गरेको गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले जानकारी दिनुभयो ।
गाउँपालिकाले ३७ घर धुरीलाई सोलार र ५० घरघुरीलाई चुल्हो बितरण गरेको उहाँको भनाई छ । लद्यु जलबिद्युत समेत नहुदा मोवाइल चार्ज गर्न समेत नपाएका टुकी बत्तीको भरमा बस्न बाध्य भएका त्यस क्षेत्रका नागरिकलाई सोलार बितरणले राहात पुगेको अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।
गाउँपालिका ८ लाख रुपैयाको शसर्त अनुदान कार्यक्रमबाट सोलार र चुल्हो बितरण गरेको उहाँले बताउनुभयो ।