काठमाण्डौं २३, असोज । मुटुरोगको समस्याबाट ग्रसित एक वडा सदस्यको मृत्यु भएको छ । बैतडी जिल्लाको मेलौली नगरपालिका १ की महिला वडा सदस्य ५५ बर्षकी द्रोपती चन्दको उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको नगरपालिका प्रवक्ता सुरत नेगीले जानकारी दिनुभयो ।
केही दिनदेखि बिरामी रहेकी चन्दको उपचारको क्रममा महेन्द्रनगरमा निधन भएको उहाँले बताउनुभयो । ।चन्द २०७४ सालको स्थानीय तहको निर्वाचनमा मेलौली नगरपालिका १ मा नेपाली कांग्रेसको तर्फबाट महिला वडा सदस्यमा विजयी हुनुभएको थियो । ।