Nagarik Sawal

२०८३ कार्तिक २८ शुक्रबार

२०८३ कार्तिक २८ शुक्रबार

गोरखामा आज दशैका लागि नयाँ नोट बितरण गरिदै


2.7K
Shares

गोरखामा आज दशैका लागि नयाँ नोट बितरण गरिदै

गोरखा, २३, असोज । गोरखा सदरमुकाममा आज नयाँ नोट बितरण हुने भएको छ । सदरमुकाममा रहेको राष्ट्रिय बाणिज्य बैंकले आज नयाँ नोट बितरण गर्न लागेको हो ।  नेपालीहरुको महान चाड वडादशैं घर भित्रीए संगै नयाँ नोटका माग उच्च हुने भएकोले बैंकले नयाँ नोट आज बितरण गर्न लागेको राष्ट्रिय बाणिज्य बैंकले गोरखाले जनाएको छ ।

५, १०, २०, ५० र १०० दरका नयाँ नोट चाहिएमा आज (शनिबार) नै बैंकमा आउन बैंकले आग्रह गरेको छ । सिमित मात्रमा मात्र प्राप्त नयाँ नोट माग अनुसार बितरण गरिने पनि बैंकले जनाएको छ । बिजयाँ दशमीको टिका ग्रहण गर्दा जमरा संगै नयाँ नोट दिने भएका पनि प्रत्यके बर्षको दशैंमा नयाँ नोटको माग उच्च हुने गर्दछ ।  नयाँ नोटको आयु लामो बनाउन नोटमा कुनै पनि प्रकारको रंगहरु लाग्न नदिन समेत बैंकले सबैलाई आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology