गोरखा २२, असोज । उत्तरी गोरखाको सडकबाटो निर्माणका क्रममा माथिबाट खसेको ढुङाले लागेर १ जना मजदुरको मृत्यु भएको छ । नेपाली सेनाद्वारा निर्माण भई रहेको सडक निर्माण खटिएका युवकको ढुङ्गाले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
धार्चे गाउँपालिका १ को दोभानस्थित बेनीघाट–आरुघाट–लार्के सडक खण्ड खन्ने क्रममा माथीबाट खसेको ढुङ्गा लाग्दा रुकुम पश्चिम आठबिसकोट नगरपालिका ७ घर भएका २१ वर्षीय सन्देश बिकको बिहीबार राति मृत्यु भएको हो ।
काम गर्ने क्रममा ढुङ्गाले लागेर गम्भीर घाइते भएका उहाँको प्राथमिक स्वास्थ्य केन्द्र आरुघाटमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।