Nagarik Sawal

२०८३ कार्तिक २८ शुक्रबार

२०८३ कार्तिक २८ शुक्रबार

गोरखामा चाँडपर्वमा चेकजाँच तिव्र पारिने, बढी भाडा लिए कारवाही हुन्छ : प्रमुख पोखरेल


14.4K
Shares

गोरखामा चाँडपर्वमा चेकजाँच तिव्र पारिने, बढी भाडा लिए कारवाही हुन्छ :  प्रमुख पोखरेल

गोेरखा २२,असोज । जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जिल्ला भित्र चाडबाँडका बेला ट्राफिक चेकजाँच र व्यवस्थापनलाई थप प्रभावकारी बनाउने जनाएको छ । गोरखा ट्राफिक प्रमुखको जिम्मेवारी सम्हाल्नु भर्खरै मात्र आईपुग्नु भएका प्रहरी नायव निरीक्षक प्रेमप्रसाद पोखरेलले आज कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा चाडपर्व लक्षित चेकजाँचलाई तिव्रता दिने बताउनु भएको हो ।

उहाँले चाँडपर्वका बेला मदिरासवेन गरि सवारी चलाउनेको संख्या बढी हुने भएकाले पनि दुर्घटनाबाट हुन सक्ने जनधनको क्षतिलाई न्युनिकरणलाई गर्न ट्राफिक प्रहरी चनाखो भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । ‘चाडपर्व लक्षित हाम्रो बिशेष योजना भनेकै, सवारी चेकजाँचमा तिव्रता, यात्रुहरुबाट बढी भाँडा असुल गरे कारवाही र क्षमता भन्दा बढी यात्रु बोक्ने सवारी साधनलाई कारवाही गर्ने योजना हो, उहाँले भन्नुभयो, यो हाम्रो नियमित कार्य भएपनि चाँडबाडका बेला यात्रु र सवारी साधनको चाप बढी हुने भएका अझै बढि ध्यान दिएका छौ ।’

उहाँले जिल्ला भित्र दैनिक ३ पटक सवारी चेकजाँचको काम गरिरहेको भन्दै जिल्ला भित्र आबश्यकता अनुसार जनशक्तिको भने अभाव रहेको बताउनुभयो । प्रमुख पोखरेलले जिल्ला भित्र पार्किङ व्यवस्थापन मुख्य रुपमा समस्या रहेको बताउनुभयो । सवारी दुर्घटना नहोस् र जनधनको क्षति नहोस् भन्नेमा ट्राफिक प्रहरीको पहिलो प्राथामिकता रहेको भन्दै उहाँले निर्वाध सवारी साधन सञ्चालनका लागि यातायात व्यवसायीहरु छलफल गरिरहेको बताउनुभयो ।

उहाँले कोरोना संक्रमणको जोखिम अझैपनि कायमै रहेकाले सवारी साधन यात्रा गर्ने यात्रु, सवारी चालक तथा सहचालकहरुले मास्क लगाए नलगाएको तथा सरकारले निर्धारण गरेको स्वास्थ्य मापदण्ड पालना गरे नगरेको बारेमा समेत ट्राफिक प्रहरीको निगरानी रहने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology