Nagarik Sawal

२०८३ कार्तिक २८ शुक्रबार

२०८३ कार्तिक २८ शुक्रबार

संखुवासभाको एकैपरिवारका ६ जनाको हत्यामा संलग्न ४ जना जेल चलान


2.3K
Shares

संखुवासभाको एकैपरिवारका ६ जनाको हत्यामा संलग्न ४ जना जेल चलान

काठमाडौं १९, असोज । संखुवासभाको मादी मा ६ जनाको ज्यान जाने गरी भएको घटनाका दोषीमध्ये चार जना जेल चलान भएका छन्। संखुवासभा जिल्ला अदालतको फैसलापछि चार जनालाई जिल्ला कारागार खाँदबारीमा पुर्पक्षका लाथि थुनामा पठाइएको छ। अदालतले एकजनालाई बाल सुधार गृह विराटनगर पठाउन आदेश दिएको छ।

मादी नगरपालिका १ उम्लिङ खोला गाउँस्थित तेजकुमार कार्कीसमेत गरी एकै परिवारका ६ जनाको कर्तव्य गरी हत्या आरोपमा पक्राउ उनीहरूलाई अदालतले फैसला सुनाएको हो।

गत भदौ २१ गते हत्यामा संलग्न रहेको अभियुक्त सोही गाउँका खड्गबहादुर कार्की, लोकबहादुर कार्की, रणबहादुर कार्की, हस्तबहादुर कार्कीलाई पुर्पक्षका लागि कारागार कार्यालय खाँदबारीमा पठाइएको छ। त्यस्तै एकजनालाई भने बाल सुधार गृह विराटनगर पठाइएको छ।

असोज १५ गते प्रहरीले सरकारी वकिल कार्यालय चैनपुरमा अनुसन्धान प्रतिवेदन पेस गरी आइतबार संखुवासभा जिल्ला अदालत चैनपुरमा उपस्थित गराई सोमबार थुनछेक बहस भएको थियो। बहसपछि अदालतले आदेश जारी गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका इन्स्पेक्टर शुभेष अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology