Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखाकी २१ बर्षिय युवतीको ट्रकको ठक्करबाट मृत्यु, श्रीमान गम्भीर घाइते


11.8K
Shares

गोरखाकी २१ बर्षिय युवतीको ट्रकको ठक्करबाट मृत्यु, श्रीमान गम्भीर घाइते

चितवन १७, असोज । गोरखाकी एक युवतीको ट्रकको ठक्करबाट मृत्यु भएको छ । चितवनको दासढुङमा भारतीय ट्रकले स्कुटरलाई ठक्कर दिदाँ स्कुटरमा सवार गोरखा नगरपालिका ९ बस्ने २१ वर्षीया अन्जु घर्ती मगरको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।

भरतपुर महानगरपालिका २९ को दासढुंगास्थित सडकमा भारतीय नम्बरको आरजे ०५ जीबी ४८८१ लहरीले प्रदेश ०३–००४ प ४०१७ नम्बरको स्कुटरलाई शनिबार बिहान ठक्कर दिएको थियो । दुर्घटनामा परी गम्भीर घाइते भएकी अन्जुको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

सोही दुर्घटनामा घाइते भएका स्कुटर चालक उनकै श्रीमान २४ वर्षीय श्रीराम रानाको सोही अस्पतालमा गंभिर अवस्थामा उपचार भइरहेको छ । दुुर्घटनामा संलग्न लहरी र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको चितवन प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology