गोरखा १३, असोज । गोरखा सदरमुकामको लक्ष्मी बजारमा आज टिपरले मोटरसाईकल एक आपसमा ठोक्किएर दुर्घटना भएको छ । दुर्घटनामा परि मोटर साईकल चालक गम्भिर घाईते भएका छन ।
गोरखा नगरपालिका ९ लक्ष्मीबजारमा ग. १ ख २७८७ नम्बरको टिपर ब्याक गर्ने क्रममा बा प्र ०२–०१९ प ९१३५ मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालक सौगात बस्नेत गम्भीर घाईते हुनुभएको हो ।
उहालाई गोरखा अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि चितवनको सिएमसी अस्पताल लगिएको गोरखा अस्पतालले जनाएको छ । फाइल फोटो