Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखा बोर्लाङका एक युवक ब्राउन सुगर सहित पक्राउ


8.2K
Shares

गोरखा बोर्लाङका एक युवक ब्राउन सुगर सहित पक्राउ

गोरखा ११ असार । गोरखा बोर्लाङका एक युवक ललितपुरको सातादोबाटोबाट लागू औषध ब्राउन सुगर सहित फक्राउ परेका छन् ।

ललितपुर महानगरपालिका १४ सातदोबाटो सोभाहिटी चोकबाट करिब २०० ग्राम अवैध लागूऔषध ब्राउनसुगर र नगद १ लाख ५५ हजार रुपैयाँ सहित सोही भिमसेन थापा गाउँपालिका ७ बोर्लाङ घर भएका २८ वर्षीय गणेश अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरी टोलीले अधिकारी सहित ३ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको ललितपुर प्रहरीले जनाएको छ ।

बा.१० च ३३०९ नम्बरको गाडीमा महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा गाडीमा सवार उनीहरुलाई ब्राउन सुगर सहित फेला पारी गाडीका चालक समेत ३ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology