दैलेख ९ असोज । छोरीको सर्दिफिकेट लिन हिडेका एक पुरुषको अरिङ्गालको टोकाइबाट मृत्यु भएको छ । दैलेखको ठाँटीकाँधमा अरिङ्गालको टोकाइबाट ठाँटीकाँध ५ बुढागाउँका ४८ वर्षीय देवबहादुर शाहीको मृत्यु भएको स्थानीय सूर्य बहादुर शाहीले जानकारी दिनुभयो ।
बिहिबार स्कुलमा छोराको सर्टिफिकेट लिन जाने क्रममा कालो अरिङ्गालले टोक्दा देवबहादुर घाइते हुनुभएको थियो । उहाँको उपचारका क्रममा क्षेत्रीय अस्पताल सुर्खेतमा मृत्यु भएको हो । समाजसेवी समेत रहेका शाहीले स्कुल जाने बाटोमा अरिङ्गालको गोलो देखेपछि धपाउने प्रयास गर्दा अरिङ्गालले टोकेको बताइएको छ ।