Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखा जिल्लामा आज दिनभर बिद्युत आपूर्ती बन्द हुने


3.3K
Shares

गोरखा जिल्लामा आज दिनभर बिद्युत आपूर्ती बन्द हुने

गोरखा ९ असोज । गोरखा जिल्लामा आज बिद्युत आपुर्ति बन्द हुने भएको छ । आँबुखैरनी—गोरखा खण्ड अन्तरर्गतको बिद्युत लाईन मुनीको रुख कटान गर्नुपर्ने भए पछि ११ घण्टाका लागी बिद्युत आपुर्ति बन्द हुने गोरखा बितरण शाखाले जनाएको छ ।

शाखाले एक सूचना नै जारी गर्दै शनिबार बिहान ७ बजे देखी साँझ ५ बजे सम्मका लागी सदरमुकामबाट बितरण हुने सबै बिद्युत सेवा अबरुद्ध हुने जनाएको हो ।

शाखाले आँबुखैरेनी देखी गोरखा बजार सम्मको ३३ केभिए बिद्युत प्रशारण लाईन मुनी तथा वरपर रहेका रुख तथा हाँगाबिगाहरु कटान तथा छटान गर्नुपर्ने भएका कारण बिद्युत आपुर्तिमा बाधा हुने जनाएको छ ।

शाखाले तोकिएको समय भन्दा अगावै काम सम्पन्न भएको खण्डमा तत्कालै लाईन सुचारु गर्ने पनि नेपाल बिद्युत प्राधिकरण गोरखा बितरण केन्द्रले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology