Nagarik Sawal

२०८३ कार्तिक २८ शुक्रबार

२०८३ कार्तिक २८ शुक्रबार

मलेसियामा बच्चा जन्माएर मारेको आरोपमा १ जना नेपाली महिला पक्राउ


2.3K
Shares

मलेसियामा बच्चा जन्माएर मारेको आरोपमा १ जना नेपाली महिला पक्राउ

काठमाण्डौँ ८, असोज । मलेसियामा अवैध बच्चा जन्माएर मारेरको आरोपमा मलेशियन प्रहरीले १ जना नेपाली महिलालाई नियन्त्रणमा लिएको छ ।मलकाराज्यस्थित आलोर गाजाह प्रहरीले ति महिलालाई बच्चा जन्माई मारेर कोठा भित्रै लुकाएको अवस्थामा नेपाली महिलालाई पक्रेको जनाएको छ ।

आलोर गाजाहका प्रहरी प्रमुख सुप्ट अरशद अबूका अनुसार मलकास्थित एक कम्पनीको होस्टेलमा बच्चा जन्माएर कोठामै कालो प्लास्टिकले पोको पारेर राखेको अवस्थामा २८ बर्षिय महिलालाई नियन्त्रणमा लिइएको हो ।

पक्राउ परेकी महिलाको परिचय खुलाइएको छैन । अनुसन्धानमा उनले आफ्नो प्रेमी पनि नेपाली नै रहेको पुष्टी भए पछि प्रहरीले उनलाई पनि पक्राउ गर्ने तयारी गरेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology