चितवन, ८ असोज । पृथ्वी राजमार्ग अन्र्तगत पर्ने इच्छाकामना गाउँपालिका ५ मुग्लिन बजार नजिकै पर्ने नाग्दिखोलाबाट त्रिशुली नदी कार खसेको छ । नदीमा कार खस्दा तीन जना वेपत्ता छन् । एक जनाको जिवितै उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनँएको छ ।
अनुसार काठमाण्डौबाट पोखरा जाँदै गरेको ना२च ४९१८ नम्बरको कार शुक्रबार राति अन्दाजी ११ः ४५ बजे नदीमा खसेको हो । दुर्घटनामा बेपत्ता हुनेहरुमा कास्कीको पोखरा महानगरपालिका वडा नं १७ का अन्दाजी ५५र६० वर्षिय प्रेम बहादुर भुजेल, ५५र६६ वर्षीय लेखबहादुर भुजेल र ३६ वर्षिया ईश्वी भुजेल रहेको जिल्ला प्रहरी कार्यालय चितवनका सुचना अधिकारी प्रहरी नायब उपरिक्षक सूर्य बहादुर थापाले जानकारी दिनुभयो ।
दुर्घटनामा कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १७ बस्ने ४९ बर्षिय रुद्रलाल सुवेदी घाइते भएका छन् । उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको उहाँले बताउनुभयो ।अहिले वेपत्ताहरुको खोजी कार्य भइरहेको छ । कार अनियन्त्रित भई ३५ मिटर तल त्रिशूली नदीमा खसेको प्रहरीले जनाएको छ ।