Nagarik Sawal

२०८३ कार्तिक २८ शुक्रबार

२०८३ कार्तिक २८ शुक्रबार

२० लाख रुपैया सहित तासको खालबाट २५ जना पक्राउ


5.6K
Shares

२० लाख रुपैया सहित तासको खालबाट २५ जना पक्राउ

काठमाण्डौं ७, असोज । नेपाल प्रहरीले तास खेलिरहेका २५ जना सहित २० लाख भन्दा बढी नगद बरामद गरेको छ ।राजधानीको कागेश्वरी मनोहरा नगरपालिका ७ हरहर महादेव बस्ने ५५ वर्षीय कमल दाहालको घरमा तास खेलिरहेको अवस्थामा दोलखा बैतेश्वर गाउँपालिका ५ घर भएका ३४ वर्षीय मनि कुमार दाहाल समेत १३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको महानगरीय प्रहरीले जनाएको छ ।

दाहालको घरमा जुवातास खेलिरहेको सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १८ लाख ७५ हजार ५ सय रुपैयाँ र ७ बुक तास सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

त्यस्र्तै गरी दाङको घोराही उपमहानगरपालिका १४ पुरानो बसपार्कस्थित सटरमा पारसर भण्डारीले संचालन गरेको नास्ता तथा खाजा होटलमा तास खेलिरहेको अवस्थामा भण्डारी सहित १२ जनालाई बुधबार राति प्रहरीको टोलीले पक्राउ गरेको छ ।

उनको होटलमा जुवातास खलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले नगद १ लाख ३५ हजार रुपैयाँ र ७ बुक तास सहित उनीहरुलाई पक्राउ गरेको हो ।पक्राउ परेका सबैलाई बिहीबार नै जुवातास अन्तरर्गतको मुद्वा दर्ता गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology