गोरखा ६, असोज । गोरखा जिल्लाका प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यले आफु दवाब, रबाफ र प्रभाव काम नगर्ने बताउनु भएको छ । भर्खरै मात्र गोरखाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हाल्न गोरखा आइपुग्नु भएको आचार्यले आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा कानुन र कार्यबिधि भित्र रहेर काम गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको हो ।
उहाँले प्रमुख जिल्ला अधिकारीको रुपमा जिल्लामा रहदासम्म जिल्ला भित्र हुने अबैध उत्खनन तथा ओसारपोसार कार्यलाई रोक्नका लागि समेत बताउनुभयो । ‘अबैध उत्खनन र ओसारपोसारले राजस्वमा ठूलो नोक्सानी पु¥याउछ, प्रमुख जिल्ला अधिकारी आचार्यले भन्नुभयो, त्यस्ता अबैध कार्यलाई रोकथाम गर्न म लाग्नेछु ।’
जिल्ला भित्रका बिकास निर्माणका काममा समन्व्यात्मक आफुले सक्दो भूमिका खेल्ने भन्दै उहाँले तिनवटै तहका सरकार बिचको समन्व्य गरेर अघि बढ्ने बताउनुभयो । प्रमुख जिल्ला अधिकारी आचार्यले संबिधान कानुन र आचारसंहितामा तोकिएका बाहेक जिल्ला भित्र हुने गरेको बिभिन्न गतिबिधिहरुको सूचना लिनेदिने कुरामा आफु स्पस्ट रहेको समेत बताउनुभयो । त्यस्तै जिल्ला प्रसासन कार्यालयबाट हुने सेवा प्रवाहलाई चुस्तदुरुस्त बनाउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।