Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखामा अबैध सालको काठ ४७ थान सहित टयाक्टर नियन्त्रण : तस्करीमा संलग्न फरार


7.2K
Shares

गोरखामा अबैध सालको काठ ४७ थान सहित टयाक्टर नियन्त्रण :  तस्करीमा संलग्न फरार

गोरखा ६, असोज । गोरखामा अबैध सालको काठ सहित ट्याक्टरलाइ प्रहरीले नियन्त्रणमा लिएको छ । गोरखा नगरपालिका वडा नम्बर–३ स्थित गगटेघाट क्षेत्रबाट ग १ ६८९५ नम्बरको ट्याक्टर सहित ट्याक्टरमा लोड गरिएको ४७ थान गोलिया काठ बरामत भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रकाश दाहालले जानकारी दिनुभयो ।

गएराती करिब ६÷७ जनाको समुहमा रहेका अज्ञात व्यक्तिहरुले काठ ओसारपोसार गरिरहेको अबस्थामा प्रहरीले देखेपछि काठ र ट्याक्टरलाई नियन्त्रणमा लिइएको उहाँले बताउनुभयो । काठ ओसारपसारमा संलग्न भएकाहरु भने फरार रहेको डिएसपी दाहालको भनाई छ ।

नियन्त्रणमा लिइएको काठ र ट्याक्टर अनुसन्धानका लागि डिभिजन बन कार्यालय गोरखामा बुझाइएको उहाँले बताउनुभयो । प्रहरीले काठ काट्न प्रयोग गर्ने २ थान आरा २ थान बन्चरो र काठ ओसार पसार गर्न प्रयोग हुदै आएको ग १ त ६८९५ नम्बरको अर्को ट्याक्टर समेत नियन्त्रणमा लिएको डिएसपी दाहालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology