Nagarik Sawal

२०८३ कार्तिक २८ शुक्रबार

२०८३ कार्तिक २८ शुक्रबार

हजारका २२ वटा नक्कली नोट सहित एक युवक पक्राउ


2.6K
Shares

हजारका २२ वटा नक्कली नोट सहित एक युवक पक्राउ

महोत्तरी ३ असोज । प्रहरीले एक हजारका २२ थान नक्कली नोट सहित एक युवकलाई पक्राउ गरेको छ । महोत्तरीको औरही नगरपालिका १ औरही बजारबाट १ हजार दरको जाली नेपाली नोट २२ थान सहित भारत घर भएका २२ वर्षीय पिन्टुकुमार रायलाई प्रहरीले पक्राउ गरेको महोत्तरी प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय गौशालाबाट खटिएको प्रहरीले औरही बजारस्थित फलफुल पसलबाट उनलाई उक्त जाली नेपाली नोट सहित पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।साथै उनको साथबाट बिआर ३० एफ ९४८७ नम्बरको स्कुटर समेत प्रहरीले बरामद गरेको छ । पक्राउ परेका रायका सम्बन्धमा प्रहरीले थप अनुसन्धान सुरु गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology