Nagarik Sawal

२०८३ कार्तिक २८ शुक्रबार

२०८३ कार्तिक २८ शुक्रबार

कानमा लगाएको गहना लुट्न आफ्नै हजुरआमाको हत्या


2.6K
Shares

कानमा लगाएको गहना लुट्न आफ्नै हजुरआमाको हत्या

बझाङ २, असोज । कानमा लगाएको गहन लुट्न एक युवकले आफ्नै हजुरआमाको हत्या गरेको पुष्टी भएको छ । बझाङको दुर्गाथली गाउँपालिका–५ घर भएकी रिखीदेवी जप्रेलको गहना लुट्न नातीले हत्या गरेको प्रहरीले जनाएको छ ।

जप्रेलका नाति २३ बर्षका सुवास जप्रेलले गएको भदौ २७ गते बिहान ९ बजेको समयमा हँसिया प्रहार गरी हजुरआमा रिखीदेवीको हत्या गरेको पुष्टी भएको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी रूपक खड्काले जानकारी दिनुभयो ।

हत्यापछि उनको कानमा रहेको सुनको दुईवटा मुन्द्रा र नाकमा रहेको एउटा मुन्द्री लगी सोही दिन बिक्री गरेको खुलेको छ । घरबाट बेपत्ता भएकी रिखीदेवीको खोजी गर्ने क्रममा खाल्डोमा पुरिएको अबस्थामा भेटिएपछि नाति सुवासलाई प्रहरीले पक्राउ गरि अनुसन्धान अघि बढाएको थियो । घटनाको थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology