Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखामा यो पटक यसरी मनाइदैछ संबिधान दिवस (यो हेर्नुहोस )


4.6K
Shares

गोरखामा यो पटक यसरी मनाइदैछ संबिधान दिवस (यो हेर्नुहोस )

गोरखा ३१, भदौ ।  जिल्ला प्रसासन कार्यालय गोरखाले संबिधान दिवसको अबसरमा जिल्ला भित्र दिप प्रज्वलन सहितको कार्यक्रम गरिन मनाउन आग्रह गरेको छ । कार्यालय संबिधान दिवस मूल समारोह समितिको बैठकको निर्णय अनुसार कोरोना भाइरस (कोभिड १९) को संक्रमणको जोखिमको ख्याल गर्दै स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरि दिवस मनाउन बिभिन्न सरकारी कार्यालय सर्वाजनिक निकाय, गैह्रसरकारी संस्था, लगायतलाई अनुरोध गरेको हो ।

प्रसासनले जिल्ला स्थित सवै सरकारी कार्यालय तथा सार्वजनिक निकायहरुले राष्ट्रिय झण्डा एवा दिवस केन्द्रित व्यानर सजाई कार्यालय परिषरमा सरसफाई गर्ने, सवै सरकारी कार्यालय सहित सार्वजनिक कार्यालय, सामुदायिक संघसंस्था तथा आम सर्वसाधारणले असोज २,३ र ४ गते साँझ दीप प्रज्वलन गर्ने कार्यक्रम तय भएको जनाएको छ ।

त्यस्तै जिल्ला भित्रका धार्मिक , सांस्कृतिक संघसंस्था एवंम ऐतिहासिक सम्पदा स्थलहरुको सरसफाई सहित सौन्र्दयीकरण गर्ने, स्थानीय छापा तथा बिद्युतीय सञ्चार माध्यमहरुले संबिधानको महत्वका बिषयमा सन्देश तथा कार्यक्रमहरु प्रकाशन प्रशारण गर्ने, र सवै धार्मिक स्थलहरुमा राष्ट्र, राष्ट्रियता, स्वतन्त्रता र संबिधानका लागि जीवन उत्सर्ग गर्ने ज्ञात अज्ञात सहितहरुको आत्माको चिरशान्तिको कामनाका लागि उच्च सम्मान तथा श्रद्धा सुमा प्रकट गर्दै पुजापाठ तथा प्रार्थना गर्ने कार्यक्रम रहेको प्रसासनले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology