मकवानपुर ३१, भदौ । तरकारी बोकेको गाडी खोलामा खस्दा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मकवापुरबाट तरकारी बोकेर काठमाडौँ आउँदै गरेको तरकारी गाडी अनियन्त्रित भई खोलामा खसेको हो ।
गएराति ना ५ख ८६४२ नम्बरको आइचर अनियन्त्रित भई थाक्रे गाउँपालिका ८ स्थित सोप्याङ खोलामा करिब ७० मिटर तल खस्दा मकवानपुर थाहा नगरपालिका १ का ४२ वर्षीय सुन्दर प्रधानको मृत्यु भएको ईलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ ।
तरकारीहरूले थिचिएको र ढुंगाले च्यापिएको अवस्थामा उहाँको शब केही बेर अघिमात्रै निकालिएको प्रहरीले जनाएको छ । घटनामा मृत्यु भएका प्रधान सोही तरकारी धनी रहेको समेत खुलेको प्रहरीको भनाइ छ । फाईल फोटो