Nagarik Sawal

२०८३ कार्तिक २८ शुक्रबार

२०८३ कार्तिक २८ शुक्रबार

गोरखामा बुधबार थप ३ जनामा संक्रमण : संक्रिय संक्रमितको संख्या ६१ पुग्यो


2.5K
Shares

गोरखामा बुधबार थप ३ जनामा संक्रमण : संक्रिय संक्रमितको संख्या ६१ पुग्यो

गोरखा ३१, भदौ । नोबल कोरोना भाइरसका कारण बुधबार गोरखाको २ स्थानिय तहमा थप ३ जनामा संक्रमण पुष्टी भएको छ । जिल्लाको गोरखा र पालुङटार नगरपालिकामा गरी ३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय गोरखाले पुष्टी गरेको हो ।संक्रमण देखिएका मध्ये प गोरखा नगरपालिकामा १–१ जना महिला र पुरुष र पालुङटार नगरपालिकामा १ जना पुरुषमा संक्रमण देखिएको छ ।

स्वास्थ्य निर्देशनालयबाट प्राप्त १ जना महिला र १२ जना पुरुषका पीसीआर रिर्पोट प्राप्त भएको र जिल्लाको विभिन्न स्थानिय तहमा १६ जना महिला र १५ जना पुरुषमा एन्टिजेन परिक्षण गरिएको कार्यालयले जनाएको छ । बुधबार संक्रमण देखिएका सहित जिल्लाको ८ स्थानिय तहमा ६१ जना सक्रिय संक्रमित रहेका छन् । जिल्लाकै चुमनुब्री, बारपाक सुलिकोट र भिमसेन थापा गाउँपालिका भने कोरोना शून्य पालिका भित्र पर्न सफल भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology