गोरखा ३० भदौं । गोरखा सदरमुकामको बिसौनी मोडमा मोटर साइकलले पैदलयात्रीलाई ठक्कर दिदा १ महिला घाईते हुनुभएको छ । गोरखा नगरपालिका ६ को बिसौनी मोडमा बसपार्कबाट हरमटारी तर्फ आउदै गरेको प्रदेश ३–०२–०१५ प ८७२० नम्बरको बुलेट बाईकले पैदल यात्री गोरखा नगरपालिका ६ सतिपिपलकी ६५ बर्षिया फुलमायाँ गुरुङलाई ठक्कर दिएको हो ।
गुरुङको अहिले गोरखा अस्पतालमा उपचार भई रहेको र थप उपचारको लागी भरतपुर पठाइएको प्रहरीले जनाएको छ । घाईते महिलाको नाक र मुखबाट रगत आएको गोरखा अस्पतालले जनाएको छ । मोटरसाइकल चालक गोरखा नगरपालिका ८ का प्रर्थम श्रेष्ठ र मोटरसाइकललाई अहिले प्रहरीले नियन्त्रणमा लिएको छ ।