तनहुँ ३० भदौं । दुल्हन फर्काउन आएकी एक युवती टिकटक बनाउने क्रममा सेती नदीमा खसेर बेपत्ता भएकी छिन् । जिल्लाको शुक्लागण्डकी नगरपालिका–८ पुलचोकस्थित सेती नदी (रक गार्डेन) मा खस्दा नवविवाहिता १९ वर्षीया पवित्रा लम्साल मंगलबार बेपत्ता भएको प्रहरीले जनाएको छ ।
५ दिनअघि विवाह गरेकी लम्साल दुल्हन फर्काउन माइत आएकी थिइन् । मंगलबार दिउँसो दुई साथीहरुसँग घुम्न पुल्चोक गएका बेला टिकटक बनाउन नदी छेउमा जाँदा एक्कासी नदीमा खसेकी थिइन् ।
माथिल्लो काठको पुल छेउमा रहेको ढुंगामा उभिएको बेला एक्कासी चिप्लिएर युुवती नदीमा खसेको जानकारी आएको प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जनकारी दिनुभयो । बेपत्ता युवतीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।