गोरखा २६, भदौं । गोरखाको एपोलो हस्टिटलमा उपचाररत एक बिरामीको बिरामी भएपछि आफ्न्त आन्दोलित भएको छ । उपचारका क्रममा गोरखा नगरपालिका वडा नम्बर ६ बसपार्क घर भएका ५६ वर्षिय टोपमान बिकको उपचारको क्रममा आज बिहान करिब ५:३० बजेको समयमा मृत्यु भएपछि आफन्तले अस्पताल घेराउ गरेका छन् ।
अस्पताल वरपर सयौको संख्यामा बिरामीका आफ्न्त तथा स्थानीय जम्मा भएर अस्पताल बिरुद्ध चर्को नारा लगाएका छन् । पटे दुखेपछि हिडेरै उपचारका लागि अस्पताल पुगेका बि.कको बिहान मृत्यु भएको थियो । बिरामी अस्पतालमा भर्ना भएपछि पनि चिकित्सक नआई नर्सले इन्जेक्सन मात्र दिएको र बुबाको मृत्यु भएको मृतका जेठा छोरा सूर्यबहादुर बि.कले जानकारी दिनुभयो ।
अहिले अस्पतालको सुरक्षाका लागि दजर्नौको संख्यामा प्रहरी परिचालन गरिएको छ । अस्पताल प्रसासनले भने लापरबाही नभई हृद्धयघातका कारण बि.कको मृत्यु भएको दावी गरेको छ ।