Nagarik Sawal

२०८३ कार्तिक २८ शुक्रबार

२०८३ कार्तिक २८ शुक्रबार

काग्रेस आसन्न महाधिबेशन : महामन्त्रिमा गगन र बिश्वप्रकाश बिच भीडन्त हुने पक्का


6.9K
Shares

काग्रेस आसन्न महाधिबेशन : महामन्त्रिमा गगन र बिश्वप्रकाश बिच भीडन्त हुने पक्का

काठमाडौँ, २४, भदौं । नेपाली काग्रेसको महामन्त्रि पदमा बिश्व प्रकाश शर्माले पनि उमेद्वारी घोषणा गर्नुभएको छ । पार्टीका प्रवक्ता समेत रहनु भएका शर्माले आज सुन्दरीजलस्थित बीपी संग्रहालय पुगेर आसन्न १४औं महाधिवेशनका लागि महामन्त्री पदमा उम्मेदवारी घोषणा गर्नुभएको हो ।

बीपी कोइरालाको १०८औं जन्मजयन्तीको अवसरमा बिहीबार बीपी संग्रहालयले आयोजना गरेको कार्यक्रममार्फत शर्माले महामन्त्रीमा उम्मेदवारी घोषणा गर्दै युवा नेताको नेतृत्वमा कांग्रेसलाई देशकै सबैभन्दा ठूलो पार्टी बनाउने उद्घोष समेत गर्नुभयो । नेता थापाले यस अघि नै महामन्त्रि पदमा उमेद्वारी घोषणा गरिसक्नु भएको छ ।

प्रवक्ता शर्माले उमेद्वारी घोषणा गरेसंगै अब काग्रेसका महामन्त्रि पदमा शर्मा र नेता गगन थापाको भीडन्त हुने निश्चित भएको छ ।  पार्टीका अर्का युवा नेता प्रदिप पौडेल, नेता डा. मिनेन्द्र रिजाल लगायतले महामन्त्रिमा उमेद्वारीको घोषणा गर्ने तयारी गरिरहेको काग्रेस निकट स्रोतले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology