झापा २१, भदौं । झापाको कमल गाउँपालिका वडा नम्बर १ मा नेपाली काग्रेसको वडा सभापतिको निर्वाचनका क्रममा मतगणना स्थलबाटै मुचुल्का गरेको भोट हराए पछि एक पक्षले पुनः निर्वाचनको माग गरेको छ । निर्वाचनमा खसेको २१६ मत मध्ये २ मत गणनास्थलबाटै हराएपछि वडासभापतिका प्रत्यासी फडिन्द्र भण्डारीले षडयन्त्रपूर्ण ढंगबाट गरिएको निर्वाचन तत्काल रद्ध गरि अर्को निर्वाचन गराउन बिज्ञप्ति मार्फत माग गर्नुभएको हो ।
आज एक प्रेस बिज्ञप्ति जारी गर्दै वडासभापतिका प्रत्यास भण्डारीले निर्वाचन समिति र सुरक्षाकर्मी समेतको संलग्नतामा आफुलाई हराउन बिपक्षीले षडयन्त्र मूलक ढंगबाट मत लुकाइएको आरोप लगाउनु भएको छ । बिज्ञप्तिमा मतदानपछि मतगणना गर्दा समेत आफुलाई जानकारी नै नदिई प्रतिनिधीलाई समेत भित्र जान नदिई मतगणना गरिएको र त्यति गर्दा समेत बिपक्षीले पराजित हुने अबस्था आएपछि दुई भोट लुकाइएको दावी गरिएको छ ।
“षडयन्त्रपूर्वक गरिएको जालझेलको फर्दाफाँस गर्न म सिंगो नेपाली काग्रेसका अग्रज नेता कार्यकर्तालाई अनुरोध गर्दछु, बिज्ञप्तिमा वडासभापतिका प्रत्यासी भण्डारले भन्नुभएको छ, “धाँदली र षडयन्त्रमूलक ढंगबाट गरिएको निर्वाचन प्रक्रियालाई अस्विकार गर्दे पुनः निर्वाचन गर्न माग गर्दछु ।” नेपाली काग्रेसको १४ औं महाधिबेशन अन्र्तगत कमल गाउँपालिका वडा नम्बर १ मा आइतबार भएको वडासभापतिको निर्वाचनमा कुल २१६ मत खसेकोमा २ मत गणनास्थलबाटै हराएको निर्वाचन अधिकृत बेधनिधी चापगाँइले जानकारी दिनुभयो ।
हराएका बाहेक २१४ मतको गणना गर्दा भण्डारीको पक्षमा १०५ मत र वडासभापतिका अर्का उमेद्वार भीष्मराज सुवेदीको पक्षमा १०७ मत खसेको थियो । गणना गरिएको मध्ये २ मत भने बदर भएको निर्वाचन अधिकृत चापगाँइको भनाई छ । निर्वाचन अधिकृत चपागाँइले मुचुल्का गरिएपछि पनि २ मत हराएको पुष्टी गरिसक्नु भएको छ ।
