Nagarik Sawal

२०८३ कार्तिक २८ शुक्रबार

२०८३ कार्तिक २८ शुक्रबार

गोरखाको मनकामना मन्दिर पर्सी २३ गतेदेखि खुल्ने : भक्तजन मन्दिर भित्र भने प्रवेश गर्न नपाइने


3.5K
Shares

गोरखाको मनकामना मन्दिर पर्सी २३ गतेदेखि खुल्ने : भक्तजन मन्दिर भित्र भने प्रवेश गर्न नपाइने

गोरखा, २१ भदौं । गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर सहितका अन्य धार्मिक स्थलहरु पर्सी २३ गतेदेखि खुल्ने भएको छ । कोभिड जिल्ला कोभिड ब्यवस्थापन समितिले आज बसेको बैठकले गरेको निर्णय अनुसार जिल्ला प्रसासन कार्यालय गोरखाले आउदो बुधबारदेखि मन्दिर खुल्ला गर्ने निर्णय गरेको हो ।

शहिद लखन गाउँपालिका, मनकामना क्षेत्र बिकास समिति र सरोकारवालाहरुको छलफलले मन्दिरमा २३ गतेदेखी पूजाआजा लगायतका धार्मिक कार्य सञ्चालन गर्ने दिने निर्णय भएको समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । मन्दिर खुल्ला भएता पनि मनकामना मन्दिरमा आउने भत्तजनहरुले सिधै मन्दिर भित्र प्रवेश भने नपाउने भएका छन् ।

मन्दिरमा दर्शन र पूजापाठका लागि पुग्ने भक्तजन तथा दर्शनार्थीहरुले ढोका बाहिरबाट नै दर्शन गर्ने एवंम पूजा सामाग्रीहरु मन्दिरको सहयोगी मार्फत पुजारीसम्म पु¥याएर पुजा गर्ने व्यवस्था मिलाइने मन्दिर व्यवस्था समितिले जनाएको छ । श्रद्वालुहरुका लागी मन्दिर परिषरमा साबुनपानीको ब्यवस्था गर्ने, मन्दिरका पुजारी तथा कर्मचारीले सुरक्षाका सबै मापदण्ड अपनाउनेदेखि सुरक्षकर्मीहरुले श्रद्वालु भक्तजनाहरुलाई सामाजिक दुरी कायम हुने गरी लाइनमा राख्नेसम्मको व्यवस्था गर्नुपर्ने निर्णय प्रसासनले गरेको छ ।

त्यस्तै गरी दर्शनार्थीहरुको सुरक्षालाई ध्यान दिदै रुघाखोकी लागेका कुनै पनि दर्शनार्थीहरुलाई मन्दिर प्रवेशमा रोक लगाउने भएको छ । बैठकले मनकामना दर्शन प्रालिद्वारा सञ्चालित केबलकार, मनकामना क्षेत्रमा सञ्चालित यातायात सार्वजनिक यातायात सेवा सञ्चालक र होटल रेष्टुरेन्ट तथा पसल सञ्चालकहरुलाई स्वास्थ्य सुरक्षाको मापदण्ड पूर्ण रुपमा पालन गर्न लगाउने निर्णय भएको भएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology