Nagarik Sawal

२०८३ कार्तिक २८ शुक्रबार

२०८३ कार्तिक २८ शुक्रबार

पृथ्वी राजमार्गमा एम्बुलेन्स र मोटरसाइकल ठोक्किएर दुर्घटना


2.2K
Shares

पृथ्वी राजमार्गमा एम्बुलेन्स र मोटरसाइकल ठोक्किएर दुर्घटना

तनहुँ १९, भदौं । पृथ्वी राजमार्गको तनहुँको व्यास नगरपालिका १० कमलबारीस्थितमा आन एम्बुलेन्स र मोटरसाइकल ठोक्किएर दुर्घटना भएको छ । दुर्घटनामा परि ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको प्रदेश २। ०४। ००१ प ०१४८ नंको मोटरसाइकल र बिपरित दिशाबाट जाँदै गरेको ग १ झ ४५८ नंको एम्बुलेन्स एक आपसमा ठोक्किएको हो ।

दुर्घटनामा परि मोटरसाइकल चालक धनुषाको मिथिला नगरपालिका १० बस्ने ३९ वर्षीय रबिन कोईराला, एम्बुलेन्समा सवार स्याङजाको बिरुवा गाउँपालिका ८ का २३ वर्षीय अनित कुमार बिक, बिरुवा ३ की ४० वर्षीया मिठु कुमारी कामी, बिरुवा ४ की वर्षीया ८१ की जर्सी कुमारी कामी घाइते भएका छन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology