Nagarik Sawal

२०८३ कार्तिक २८ शुक्रबार

२०८३ कार्तिक २८ शुक्रबार

गोरखाका ४८ बर्षका गुरुङ सहित अवैध यार्सागुम्बा कारोबारी पक्राउ


3.6K
Shares

गोरखाका ४८ बर्षका गुरुङ सहित अवैध यार्सागुम्बा कारोबारी पक्राउ

गोरखा १८, भदौ । उत्तरी गोरखाका डुण्डुप गुरुङ अवैध यार्सागुम्बाको कारोबार गरेको आरोपमा काठमाण्डौंबाट पक्राउ गरेका छन् । उनको साथमा अन्य ३ जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

चुमनुब्री गाउँपालिका ३ सिर्दीबार घर भई हाल काठमाण्डौंको मित्रनगरमा बस्ने ४८ वर्षीय डुण्डुप गुरुङ १ किलो ८५० ग्राम यार्सागुम्बा सहित पक्राउ परेका हुन् ।

उनी संगै लमजुङको मस्र्याङ्दी गाउँपालिका ६ घर भई काठमाण्डौंको नयाँ बसपार्कमा बस्ने ५० वर्षीय बेलबहादुर थापा, लमजुङकै बेसीशहर नगरपालिका ११ घर भई काठमाण्डौंको बानियाँटार बस्ने ४० वर्षीय कृष्ण परियार र प्युठानको खलंगा नगरपालिका ११ घर भई काठमाण्डौंको तारकेश्वरमा बस्ने ४७ वर्षीय दानबहादुर जीसीलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको जनाएको छ ।

अवैध रुपमा यार्सागुम्बाको कारोबार गरिरहेको सूचनाको आधारमा प्रहरीले डुण्डुपको डेरा खानतलासी गर्दा १ किलो ८५० ग्राम यार्सागुम्बासहित चारै जनालाई पक्राउ गरिएको महाशाखाले जनाएको छ ।

उनीहरुलाई आवश्यक कारबाहीको लागि आज डिभिजन वन कार्यालय काठमाण्डौंमा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology