Nagarik Sawal

२०८३ कार्तिक २८ शुक्रबार

२०८३ कार्तिक २८ शुक्रबार

गोरखाका १८ बर्षिय युवक रोकि राखेको बसका सहचालकको हत्या आरोपमा पक्राउ


9.2K
Shares

गोरखाका १८ बर्षिय युवक रोकि राखेको बसका सहचालकको हत्या आरोपमा पक्राउ

काठमाण्डौं १४, भदौं । रोकि राखेको बस भित्र सहचालकको हत्या गरि भागेको आरोपमा प्रहरीले गोरखाका युवकलाई पक्राउ गरेको छ । जिल्लाको सिरानचोक गाउँपालिका–६ घर भएका १८ वर्षीय सुरेश परियारलाई बसका सहचालकको हत्या गरेको आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ । २०७८ साउन २८ मा साँझ साढे ६ बजे रोकिराखेको बा।४ख ४२१ नम्बरको बसमा १९ वर्षीय रमेश खत्रीको हत्या गरिएको थियो । मृतक चक्रपथ परिक्रमा गर्ने सोही बसका सहचालक हुन् ।

हत्या आरोपीलाई महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी वृत कालिमाटीबाट खटिएको टोलीले चितवनको पोखरा बसपार्कबाट पक्राउ गरेर काठमाडौं ल्याएको हो ।सिन्धुपाल्चोकको चौतारा घर भएका खत्रीलाई सुरेशले ढुंगाले हिर्काएर हत्या गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता रमेश बस्नेतले जानकारी दिनुभयो । ।

ज्याकेट भित्र ढुंगा बेरेर हिर्काएर उनले हत्या गरेका थिए । हत्यापछि मृतकको कपडा र मोवाइल बोकेर उनि फरार भएका थिए । उनलाई ज्यान सम्बन्धि कसुरमा म्याद लिएर महानगरीय प्रहरी वृत कालिमाटीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology